अरु कुरा थाहा छैन
शोभा जिसी
(गजल)
– अरु कुरा थाहा छैन बा आमाको इज्जत गर्ने हुनुपर्छ
गाउँमा आउँदा साडी चोलो लाउनी हुनुपर्छ ।
– स्वर्ग जस्तो हाम्रो घर अझै सुन्दर बनाइ
दुनियाँको नजरमा छाउने हुनुपर्छ ।
– भगवानमा नि आस्था राखोस, संस्कृतिको ख्याल गरोस्
बेला बेला मठमन्दिर धाउने हुनुपर्छ ।
– ब्युटीपार्लर धाउने नहोस है बाबू
गाजल अनि नाकमा नत्थी लाउने हुनुपर्छ ।
– जागिर गर्न चाहे गरोस् ,पढ्न चाहे पढाउला
फुर्सदमा घरको काम सघाउनी हुनुपर्छ ।
– गाउँमा आउदा साडी चोलो लाउनी हुनुपर्छ
अरु केही थाहा छैन बा आमाको इज्जत गर्ने हुनुपर्छ ।