‘सरकार प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्न खोज्दैछ : देउवा

भक्तपुर, फागुन २०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘सरकार प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्न खोज्दैछ, यो कांग्रेसलाई कदापि स्वीकार्य नहुने बताउनु भ​एको छ​।

 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आज चाँगुनारायण नगरपालिका वडा नं। ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उनले प्रजातान्त्रिक अधिकारमाथिको हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

सरकारले प्रेस माथि पनि विभिन्न बहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप समेत सभापति देउवाले लगाउनु भयो।