आज मिति २०७५ साल फागुन २४ गते शुक्रबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

चन्द्रमा खर्च स्थानमा गोचर गरिरहेको भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

गरि भनेजस्तो जीवन व्यातित गर्न सकिनेछ । सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा समय दिए पनि अरुनै कामको प्रेसरलो प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ । सन्तान तथा आफन्त सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मान प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बिच मनमुटाव सिर्जना हुँनेछ । बोलिको प्रभाव घट्ने हुँनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।