हरेक बिधालय र अभिभावक लाई अनुरोध

        सुरेन्द्र केसी

जिवनलाइ नजिक बाट बुझेका मानिसहरु के भन्छन त ? सफल मानिसहरुको जिवनि निहाले पछि हात परेको एउटा निष्कर्स तल चर्चा गर्दै छु । राती वास बस्न लगेका चराहरु कराए जस्तै हाम्रो दिमाग पनि anytime गुनगुन गरिरहेको हुन्छ । मनैमनमा अनेक तस्बिरहरु बनाउदै र कुरा गर्दै हाम्रो ध्यान भड्किइनै रहेको हुन्छ । विशेष गरि तपाईं विद्यार्थी र अभिभावक र बिधालय परिवारले मनन गर्नु पर्ने बिषय यहाँ चर्चा गरौ है त ।

पढ्ने समयमा जसको दिमाग आफै सङ्ग अनेक कुराहरु गरिरहन्छ त्यसले पढाएको कुरामा ध्यान दिन सक्दैन ।अनि पढ्दा जसको दिमाग खाली हुन्छ त्यसले गुरुले पढाएको सारा कुरा आफ्नो दिमागमा भर्न सक्छ । दिमाग खाली हुनु भनेको एउटा स्थानमा बस्दा , एउटा काम गरिरहदा अन्य स्थान र कामको बारेमा नसोच्नु हो । अझ एक स्टेप माथिको कुरा भन्नुपर्दा अहिले जुन काम गरि रहेको हुनुहुन्छ त्यहि कामको बारेमा पनि नसोच्नु लाई ध्यान भनिन्छ । दिमाग खाली होस तर पुर्ण रुपमा जागेको अवस्था ध्यान हो । तसर्थ बिद्यार्थी हरुलाई पढाइएको कुरा बुझ्ने बनाउने हो भने उनिहरुलाई घरमा वा बिधालयमा ध्यान कसरी लगाउने भनेर सिकाउन जरुरी छ । त्यसको सुरुवात meditation हो ।उनिहरुलाइ सहि विधि बाट मेडिटेसन गराइयोस । यो एउटा उत्तम समाधान हो ।

 

ज्ञान त के हो र ? तपाइले स्कुलमा ज्ञान लिनुहुन्छ क्याम्पस गयपछि बिर्सिनु हुन्छ क्याम्पस मा प्राप्त गरेको ज्ञान पछि घरमा, ब्यवहारिक जिबनमा प्रबेस गरेपछी बिर्सिदै जानु हुन्छ । समयको अन्तराल सङ्गै अस्थाइ किताबी ज्ञान मेटिदै जान्छ तर सबै भन्दा important कुरा ,ध्यान, हो । ध्यान लगाउन सिक्नु भयो भने तपाईं कुनै पनि काममा र कुनै पनि छेत्रमा सफल बन्न सक्नुहुनेछ । बिधर्थीलाइ ध्यान दिएर पढ , पढ त भनिन्छ , युवालाई ध्यान दियर काम गर्ने गर त भनिन्छ तर अचम्म लाग्ने कुरा के छ भन्दा हामिलाइ ध्यान कसरी लगाउने भन्ने कुरा न त स्कुलमा सिकाइन्छ न त घरमा नै सिकाइन्छ । सिकाउन सक्ने कुरा पनि भएन , आफैले नजानेको कुरा कसरी सिकाउने होइन? हाम्रो ध्यान चकचके बादर जस्तै छ , एक ठाउमा बस्नै सक्दैन । यो बादर लाई एक ठाउमा टिकाउने कला जस्ले जान्यो त्यो साचो अर्थमा जीवन जिउन सक्छ । यो कला बिद्यार्थी हरुलाइ स्कुलमा नै सिकाइनु अति नै जरुरी छ (अति नै) ।

बिद्यार्थी पढ्न थाल्छ एकै छिनमा उसको ध्यान किताब बाट हटेर मोबाईल ,बाईक ,गेम , टि.भि ,गर्लफ्रेन्ड , ब्वायफ्रेन्ड आदि स्थानमा भड्किन थाल्छ । अब उ माथी स्वयम् आफ्नै कन्टाेल राउछ । तर उस्ले ध्यान लगाउन जानेको वा सिकेको भए उसको कन्टाेल उसकै हातमा हुन्थ्यो । उसले भन्थ्यो धत ,के सोचिरहेको ? ,धत , के गरिरहेको म पढ्नु छ ।भनी चकचके बादर रुपि ध्यानलाइ तत्काल आफ्नो स्थानमा फर्काएर ल्याउन सक्थ्यो । अनि ध्यान लगाउन मात्र नभै चाहेको बेलामा ध्यान लागेको स्थान बाट हटाएर अर्को स्थानमा ध्यान लगाउन सक्नु अर्को कला हो । बिद्यार्थी जिवनमा मात्र नभै ब्यवहारिक जिवनमा पनि तपाइले कुनै काममा जति समय सम्म चाह्यो त्यति समयको लागि र जुन काममा चाह्यो त्यहि काममा ध्यान लगाउन र हटाउन सक्नु भयो भने जिवनमा तपाइले असफलता भन्ने चिज सुन्नु पर्ने छैन ।

पहिले पहिले बिद्यार्थीहरु घर छाडेर गुरुकुलमा गएर पढ्दथे । उनिहरुको ध्यान अन्यत्र बाट हटेर केबल पढाइमा हुन्थ्यो । गुरुहरुको प्रयास पनि केबल बिद्यार्थी हरुको ध्यान कसरी वृद्धि गर्ने भन्ने मा नै केन्द्रीत हुन्थ्यो । बिद्यार्थी ले पढेको कुरा बिर्सिदै जान्छ तर ध्यान लगाउन जान्यो भने पढाइ र पढाइ बाहेक हरेक क्षेत्रमा कामको प्रकृति बुझेर सफलता, असफलता दुबै परिस्थितिमा नआत्तिकन ध्यानपुर्वक गल्ती कहानेर भएको छ र कहानेर सच्याउन सकिन्छ भनेर हेर्न सक्छ ।।

ध्यानको महत्व बुझेर बिधालयमा प्रत्येक दिन एउटा periodचाहिँ  meditation class गराएमा बिद्यार्थी लाई निकै ठुलो लाभ हुने देखिन्छ । बिद्यार्थी लाई माछा खुवाउनु को सट्टा माछा मार्न सिकाउनु पर्छ । अनि मात्र उनिहरु भोलि ब्यवहारिक जिवनमा भोको बस्नु पर्ने छैन, दुखी रहनु पर्ने छैन । बिद्यार्थी लाइ ध्यान सङ्ग पढ भन्नू भन्दा सुरुमा ध्यान लगाउन सिकाउनु जरुरी छ । यहाँ गजवको कुरा त के छ भन्दा पढाइमा ध्यान लगाउन सकेको बिद्यार्थी ले पढाइबाट ध्यान हटाएर खेलमा ध्यान लगाउन सकेको हुदैन र खेलमा ध्यान लागेको बिद्यार्थीले पढाइमा ध्यान लगाउन सकेको हुदैन।

 

यस्तो किन हुन्छ भन्दा उनिहरुले एक ठाउमा ध्यान लागाउन त जाने तर हटाउन जानेनन । तसर्थ बिधालयले यस्तो विद्यार्थी उत्पादन गरोस कि सबै बिद्यार्थीले आफुले चाहेको क्षेत्रमा ध्यान लगाउन र नचाहदा ध्यान हटाउन सकोस । त्यसको सर्बोत्तम उपाय meditation हो । सुरुमा कुनै expert वा  internet  बाट अभिभावक र शिक्षकले ध्यान सिक्नुहोस र पछि दिनमा कम्तिमा पन्ध्र मिनेट बिद्यार्थी लाई ध्यान गर्न सिकाउनुहोस । जसले गर्दा उनिहरुले पढाइमा ध्यान दिन त पक्कै सक्नेछन सथसाथै भविस्यमा जुन काम गर्छन त्यो काममा पनि 100% ध्यान दिन सक्नेछन।र उनिहरुको जीवन बद्लिनुको थोरै भएपनी जस तपाईं शिक्षक अभिभावक , बिधालय , र क्याम्पस ले प्राप्त गर्नुहुने थियो।धन्यवाद ।