ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक घाइते

अत्तरिया, फागुन २७ । कैलालीम सहजपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् ।

धनगढीबाट बझाङका जाँदै गरेको ना४ख ५०७४ नम्बरको ट्रक र डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको से६प ६७९१ नम्बरको मोटरसाइकल चुरे गाउँपालिका–३ सहजपुरमा सोमबार दिउँसो १ः५० बजेतिर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा मोटरसाइलको पछाडि सवार कैलालीको साडेपानीका २५ वर्षीय अर्जुन नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको जनाइएको छ ।

 

दुर्घटनामा परी घाइते भएका साडेपानीकै २९ वर्षीय सुरेश नेपालीको अत्तरियास्थित पद्मा अस्पतामा उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।