किन गराईन्छ बम विस्फोट ? के छ त समाधान ?

सुरेन्द्र के. सी.

आज देश दुस्खी छ । देशमा गरिबी छ ,बेरोजगारी छ । राज्यका साना निकाय देखि ठुला निकायका ९९% नेताहरु भ्रष्ट छन । उनिहरु ब्यक्तिवादी , पैसावादी , मानसम्मानवादी , इज्जतवादि , लोभी र ज्यादै बुद्दिमान छन । बुद्दिमान यश अर्थमा छन कि,ढुन्ङ्गे युगका मानिसहरुले आफ्नो बारेमा धेरै सोच्दैनथिय । गाँस , बास , कपास भन्दा माथी सोच्दैन थिय ।आज मानिस धेरै बुद्दिमान भैसकेका छन । तर यो बुद्दिले बिकासको साथसाथै धेरै दुख पनि थपिदियको छ ।

त्यही बुद्दिको फलस्वरुप नेताहरु आफ्नो ब्यक्तिगत बिकासमा यो वा त्यो रुपमा लागि परिरहन्छन । भनिन्छ राज्यले १०० बर्षको अन्तरालमा एउटा असल नेता पाउछ । अन्य समयमा त मुखमा देश र जनताको रामराम जप्ने तर मनको बगलिमा सत्ता र पैसा अनि लोभ र इज्जतको छुरा लुकाएर बम पड्क्यौदै बन्द, जुलुस , हत्या गर्ने र चन्दा माग्ने नेता मात्र देशले बेहोरी रहनु पर्दछ । यो यउटा तितो यथार्थ हो।

 

उनिहरु को लक्ष्य सङ्ग आफ्नो लक्ष्य मिल्ने सबै बुद्दिमानहरु पनि पछि पछि बम पड्काउदै साथ दिन्छन । उनिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न जुन सुकै हद सम्म गिर्न पनि तैयार हुन्छन । यदि पछि सत्ता प्राप्त गरिहालियो तर ती पछि पछि हिड्नेहरुले चाहे जति सुख भोग गर्न पाएनन भने फेरि तिनिहरुले बम पड्काउने बाटो रोज्छ्न ।अनि कसैले शान्तिपूर्ण आन्दोलन सुरु गर्छन । जे गरे पनि उनिहरुको एउटै लक्ष्य सत्ता, शक्ति, सम्मान र पैसा भोग गर्नु हो ।

 

उनिहरुले यो लक्ष्य प्राप्तिको लागि मरिहत्ते गर्नुको कारण चाहि उनिहरुको नजरमा राजनिती भनेको यस्तो बिजनेस हो जहाँ लक्ष्य पाउनासाथ लगानिको तुलनामा फाइदा हजारौ गुणा धेरै हुने , मान सम्मानको कुरै नगरौं , सुरक्षा गार्ड पाइने , सन्सारले चिन्ने , देश बिदेश भ्रमण गर्न पाइने , न्याय प्रणाली भन्दा माथी बसि पावर प्रदर्शन गर्न पाइने आदि, आदि । कतिपय नेताले यो ब्यापारमा घाटा पनि सहने गर्दछन । जुन नेताको मुखमा राम राम हुन्छ अनि बगलिमा छुरा हुदैन त्यस्ता नेता यो लामो यात्रामा बिचमै पार्टी(व्यापार) बाट खेदाइन्छन । अनि उसलाइ पार्टी बिरोधीको नामाकरन गरिन्छ ।

बास्तवमा सच्चा देसभक्त नेताले यदि बर्तमान राज्यब्यवस्था ठिक छैन यो ब्यवस्था फेरिनु पर्छ भन्ने चाहन्छ भने उसले शान्तिपुर्न तरिकाले आफ्नो अभियान अगाडि बढाउछ । यो कुरा उनिहरुलाई सुनाउने हो भने उनिहरु सन्सारमा भएका अन्दोलनको उदाहरण दिन्छन अनि भन्छन सरकारलाइ सुन्ने गराउनु छ भने बम पड्काउनै पर्छ, नेपाल बन्द गर्नै पर्छ , जानतालाइ दुख दिनै पर्छ ,बन्द गरेर मजदुरको कमाइ रोक्नै पर्छ, बिद्यार्थीको पढाइ अवरुद्ध गर्नै पर्छ, देशको अर्थतन्त्र धरासायी बनाउनै पर्छ , जनता मर्नै पर्छ अनि मात्र सरकारले सुन्छ ।

 

अर्थात हामिलाइ देश र जनता सङ्ग कुनै मतलव छैन , मेरो लक्ष्य सत्ताको सुख भोग गर्नु हो म त्यसको लागि जनतालाइ उल्लु बनाउदै , दुख दिदै मेरो लक्ष्य पाएर नै शान्त हुनेछु भनिएको हो । उनिहरुले सन्सारको आन्दोलनको उदाहरण दिदै गर्दा महत्मागन्धिको उदाहरण छुटाउछन , गौतम बुद्ध लाइ भुल्छन , अनि मर्टिन लुथर किङ्गलाइ चिन्दिन भन्छन । यदि साचो देशभक्त नेता छ भने उसले कुनै पनि कोण बाट जनतालाइ दुख नदिइकन सबैको भावना साथमा लियर अगाडि बढ्छ ।

 

त्यस्तो नेताको पछाडी थोरै कर्याकर्ता मात्र होइन,पुरै जनसागर उर्लिन्छ । त्यतिबेला पार्टिगत स्वार्थ कसैले हेर्दैन । तर बिडम्बना देशले यस्तो नेता कहिले पाउने देशको नाममा बम पड्काउदै हिड्ने नेता मात्र कहिले सम्म देशले बेहोर्ने  बिडम्बना आज २०७५/११/३० गते पनि नेपालले बन्द बेहोरेको छ । सुन्छु पल्ला घरकी हजुरआमै सिकिस्तै हुनुहुन्छ रे । एम्बुलेन्स पाइएन रे । बाइकमा बस्न आमै सक्नुहुन्न । गाडी चलाउने हिम्मत कसैले गरेका छैनन । किनकी आज बिप्लव माओबादीको बन्द हो रे । मेरो साथिको घर त्यो पर डाँडामा छ । उसकी दिदिलाई पनि बेथा लागेर अस्पताल पुर्याउन सारै आपत परेको छ रे ।

हामिले सच्चा इमान्दार नेता चिन्न नसक्नुमा हाम्रो पनि दोष छैन। किनकी हाम्रो शिक्षा प्रणाली नै दोसपुर्न छ । हामिलाइ फरक तरिकाले सोच्न नै सिकाइदैन । हामिलाइ जिवनभरी पैसा पैसा मात्र सिकाइन्छ । तर पैसा कमाउने तरिका र पैसाको सिमितता सिकाइदैन । घुसखोरले सामाजिक काम गर्ने जिम्मा पयो र केही रकम कुम्ल्यायो भने हामी भन्छौ, मह काड्नेले हात त चाटिहाल्छ नि । अनि अर्को सच्चा समाजसेविले निस्वार्थ काम गर्दै छ,भने त्यसैलाइ पो घुसखोर भन्न पछि पर्दैनौ । यस्तै सँस्कारमा हुर्केका ब्यक्ती नै हाम्रा नेता बन्छन ।

 

हाम्रो कुनै आफन्त इमान्दार नेता छ भने नेता भएर पनि पैसो कमाउन नसक्ने थुक्कू भन्ने हामी नै हौ । त्यसैले देशले कर्तव्यनिस्ठ नेता नपाएकोमा अचम्म नमान्दा हुन्छ । हामीले हाम्रो शिक्षा नीति परिवर्तन नगरेसम्म आउने पुस्ता पनि यस्तै ब्यक्तिवादी, पैसावादी , आफ्नो मानसम्मन मात्र खोज्ने जस्ता सोच भन्दा माथी उठेर रास्ट्रवादि बन्नै सक्ने छैनन । रास्ट्रवादी सोचको जग हाल्ने काम घर र बिधालयस्थर बाट सुरु गर्नु पर्दछ । हाम्रा पाठ्यक्रमहरु परिवर्तन र परिमार्जन गरिन जरुरी छ ।

 

यदि यो तत्काल सम्भव नभए पनि अनौपचारिक रुपमा नया पुस्तकहरु थपी दिनमा एक दुई ओटा कक्षा संचालन गर्नुपर्दछ । ती नया पुस्तकहरुमा तलका कुराहरु समबेश गरि सहि अर्थ लाग्ने गरि उल्था गरियो वा पढाइयो भने भविस्यका डाक्टर, शिक्षक , व्यापारी , उद्योगपति , भोट हाल्ने भोटर, कर्याकर्ता र नेता बन्ने यी बिद्यार्थी बुद्दिमान मात्र होइन बुद्ध बन्न सक्नेछन । पाठ्यक्रममा तलका कुराहरु समावेस गरि घरमा र बिधालयमा सिकाइनु जरुरी छ ।

  मानसिक शिक्षाको लागि

१. गिता ( यथारुप) , वेद , उपनिषद, अध्यात्मिक ज्ञान आदि थोरै थोरै गर्दै पढाउनु पर्छ । (यो सैदान्तिक ज्ञान हो)
२. योग , ध्यान meditation गराउने ।
(यो ब्यवहारिक रुपमा महसुस गराउने ज्ञान हो )
दुबै ज्ञान जरुरि हुन्छ ।

  ब्यवहारिक स्वास्थ्य शिक्षाको लागि 
३.आयुर्वेदिक शिक्षा दिने ।
  हाम्रो भान्सा र करेसाबारिमा उपलब्ध चिजहरुको सहि प्रयोग गर्न सिकाएको पुस्तक पढाउनेस साथमा एलोपेथिको पनि जानकारी गराउने । 

अबको पुस्तालाई वास्तवमा जीवन भनेको के हो ? वास्तवमा खुसी भनेको के हो ?रास्ट्रप्रेम के हो ?, धर्म र भगवान पछाडिको बिज्ञान के हो ?संस्कार के हो ? देखासिखी के हो  ? भनेर सिकाइनु जरुरी छ । मलाइ अरुले के भन्लान भन्ने डर मानसिक डर हो कि? शारिरिक डर हो ।वास्तवमा साचो माया भनेको के हो ?  लोभ, डर , मोह , अहन्कार, लक्ष्य , जन्म , मृत्यु , पैसा , सत्ता , शक्ति र पावर , कुर्सी मोह आदि को पछाडी कुन बिज्ञानले काम गरिरहेको हुन्छ । पैसाको महत्व कति छ, मानसम्मान, पैसा अनि शक्ति र सत्ता मोह हाम्रो मस्तिष्कमा हुन्छ कि सरिरमा  यी कुराहरु सिकाइन जरुरी छ ।

 

मस्तिष्कको स्विच अन र अफ गर्न मिल्छ कि मिल्दैन ?, पैसा ,सत्ता, इज्जत , ठूलो घर , अनि राम्रो कार सोच्ने दिमागको रिमोट कसको हातमा हुन्छ ?, त्यसलाइ अन र अफ कसरी गर्ने भनेर घरमा र बिधालयमा सिकाइन जरुरी छ । ब्यवहारिक जिवनमा कसरी जागिर गर्ने कसरी व्यापार गर्ने परिवार , समाज, रास्ट्र मा सम्बन्ध कसरी सुमुधुर गर्ने  परमसत्य र परमसुख भनेको के होस के अधिक पैसा र अधिक सम्मान , अनि सत्ता भन्दा पनि बढि शुख र खुसी दिने कुनै अर्को चिज छ। यदि छ भने त्यो के हो  आजको बिज्ञान के हो परापुर्वकालको बिज्ञान र आधुनिक बिज्ञान बिच कस्तो तादम्यता छ  भनेर पढाइनु जरुरी छ ।

 

अर्थसाश्त्री कस्तो हुनुपर्छ,  देशको बजेट कस्तो हुनु पर्छ,  आन्दोलन किन र कसरि गर्नुपर्छ, अरुको दुख र मेरो दुख एउटै हो कि फरक हो। भनेर सिकाइनु जरुरी छ , होइन भने नेपालले सधै ब्यक्तिगत स्वार्थ र लक्ष्य प्राप्तिको लागि आन्दोलन र बम बिस्फोटन गराउने नेता र तिनको पछि पछि कुद्ने कर्यकर्ता बेहोरिरहनुपर्नेछ । यसमा उनिहरुको गल्ती छैन। उनिहरुले जिवनलाइ यस्तै रुपमा पढेका छन । पैसा , पद र सत्ताले खुसी दिन्छ भन्ने पढेका, सुनेका र देखेका छन र त्यसको प्राप्तिको लागि जे गर्नु परे पनि तैयार हुन्छन ।

आज सन्सारमा ९९% मानिस बुद्दिमान छन । अब बुद्दिमान बाट एक स्टेप माथी बुद्ध को स्तरमा पुग्नुपर्ने समय आयको छ । देशको सच्चा नेता बन्न सानै बाट भगवान शिव, कृष्ण , बुद्द, गिता, रामायण आदि पढ्नुपर्ने हुन्छ । भगवान रामको अर्थशास्त्र सम्बन्धी नियम अनि राज्य संचालन गर्ने निति कस्तो थियो । भनेर अध्यन गर्नु पर्ने हुन्छ।

अनि मात्र देशले स्थिर बुद्दी भएका सप्तऋिष जस्ता जनता पाउनेछ,  बिधालयले शिव र बुद्ध जस्ता शिक्षक पाउनेछ अस्पतालले महर्सि, पतन्जली जस्ता डाक्टर पाउनेछ, पुरुषहरु ब्यास ,अगस्त्यमुनि र बेद ऋषि जस्ता ज्ञानि हुनेछन, महिलाहरु पार्वती, सिता,सरस्व्ती , लक्ष्मि जस्ता बिबेकि हुनेछन , त्यसको लागि बिद्यार्थीले अर्जुन जसरी सिक्ने चेस्ठा गर्नुपर्छ र शिक्षकले कृष्ण जसरी सत्य कुराको ज्ञान गराउनु पर्छ । अनि मात्र देसले कृष्ण जस्ता राजनैतिक सल्हाकार पाउनेछ, राम जस्ता राजनेता पाउनेछ स अनि मात्र देशमा रामराज्य  स्थापित हुन सम्भव छ ।

 

अर्थात ९९.९९% नेता र कर्यकर्ता अनि भोटर सबैले आफ्नो बुद्दी लगाएर सरकारको समर्थन वा बिरोध गरिरहेका हुन्छौ । हाम्रो स्कुलिङ्ग , हुर्काइ – सिकाइ , भोगाइले गर्दा हामी हाम्रो बुद्धि भन्दा माथिल्लो स्थर बुद्ध को प्रयोग गर्न जानेका हुदैनौ । यदि घर र बिधालयमा आजै बाट  supreme truth (सुप्रीम ट्रुथ  )को बारेमा पनि पढाउन सुरु गर्ने हो भने,अब आउने पुस्ताले यो रास्ट्र र सन्सारकै स्वरुप परिवर्तन गर्न सक्ने सामर्थ्य राख्दछन। धन्यवाद ।