कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल

कतार ,चैत २ । विश्व फुटबल महासंघ९फिफा०ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल भएको हो ।

 

फिफाले रुस विश्वकपपछि सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराइने निर्णय भने यसअघि नै गरेको थियो । फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतारमा हुने विश्वकपमै संख्या बढाउन सकिने निर्णय काउन्सिलले गरेको बताएका छन् । जियानीका अनुसार काउन्सिल बैठकमा आयोजक कतारसँगै सहआयोजक देश थप्ने विषयमा छलफल भएको छ ।

 

विश्वकप कतारसँग मिलेर बहराइन साउदी अरब वा संयुक्त अरव इमिरेट्स युएई मा हुन सक्नेछ । यसअघिका विश्वकप जुन जुलाई महिनामा सञ्चालन हुँदै आए पनि कतार विश्वकप नोभेम्बर डिसेम्बर महिनामा सञ्चालन गर्ने फिफाले निर्णय गरको छ ।

 

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकोले फिफाले जाडो महिनामा विश्वकप गर्न लागेको हो । काउन्सिलले क्लब विश्वकपमा २४ टोली सहभागी गराउने, सन् २०१९ को महिला विश्वकपमा भिएआर प्रयोग गर्ने, सन् २०२० को यू–१७ महिला विश्वकप आयोजनाको अधिकार भारतलाई दिने लगायत निर्णय गरेको छ । एजेन्सीबाट