झन्डै दश हजारले एसइइ दिँदै ललितपुरमा

विष्णु विकिरण

ललितपुर चैत्र ४। जिल्ला शिक्षा कार्यलय ललितपुरले चैत्र १० गतेबाट सुरु हुने एसइइ परीक्षार्थी ललितपुर जिल्लाबाट ९ हजार ९ सय ३४ जना रहेका छन्।जिल्ला विकास तथा समन्वय इकाई ललितपुरका सुचना अधिकृत शान्तिराम पौडेलका अनुसार यसपालि नियमित तर्फ ९ हजार ८ सय २७ ,प्राविधिक तर्फ ८७ र ग्रेडवृद्धितर्फ २१ परीक्षार्थी एस इइ परीक्षामा सहभागि हुनेछन्।

 

७५ सामुदायिक र २१३ संस्थागत विद्यालयका परीक्षार्थीले यसपालि परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ ललितपुर प्रमुख जिशिअ गुणराज पोखरेलले जानकारी दिए।