आज मिति २०७५ साल चैत्र ८ गते शुक्रबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

अदालत तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरु सँग घरायसि कुरामा राय बाजिनेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्निबिच अबिश्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला । दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

तपाईबाट राम्रा काम हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । राम्रा पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ भने बिलाशि तथा सुन्दर बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । प्रेम प्रशङगमा दिल खोलेर रमाउँन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । अन्य काममा व्यास्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि कमाईभने न्यून हुँनेछ । घर परिवारमा आफन्त तथा चेलि माईति बिच मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । नयाँ योजना कुनै बनाउँनु भएको भए तत्काल सार्वजनिक नगर्नुनै बेश हुँनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

परिवारका साथ रमाईलो बाताबरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउँनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुँनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुँनेछ ।