साफ च्याम्पियनसिपमा: भारतले नेपाललाई ३-१ ले पराजित

विराटनगर,चैत ८ । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको हो। खेलको ६४ र ७७ औं मिनेटमा गोल गर्दै भारत दोस्रो हाफमा नेपालभाथि हाबी देखिएको हो।

 

पहिलो हाफमा भारतले लिएको अग्रतालाई नेपालले बराबरी बनाएको थियो। खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत् पहिलो गोल गरेकी थिइन्।

 

नेपालले ३३ औं मिनेटमा १-१ को बराबरी गरेको थियो। ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १-१ बराबरी गरेकी हुन्।

दोस्रो हाफको ६४ र ७७ औं मिनेटमा सुन्दर गोल गर्दै भारतले ३-१ को जित निकालेको हो।