विप्लव पार्टीलाई पतिवन्ध होईन सम्मवाद र वार्ता वाट सम्मस्याकोसमाधान खोज्नू पर्छ

   बिर बहादुर भाट-

 यदि देशमा भिजनरी र वौद्धिक क्षमता भएको व्याक्ति राष्ट प्रमूख हून्थ्यो भने हरेक सम्मसयाको समाधान पनि एक सरल र सयमित किसिमले नै खोजिन्थ्यो होला। तर हाम्रो देशका प्रधान्मन्त्री त आन्दोलनकारी शक्तिलाई वार्ता, सवाद, र छलफल भन्दा पनि गाली गलौज, निच घटिया शव्द, र असभ्य भाषा प्रयोग गर्दै हिडनू भयो। अनि आन्दोलनकारीलाई लूटने, तिनीहरू कहावाट आएका हून, तिनीहरू पनि कम्यूनिष्ट हून र , अनि यो पनि कम्यूनिष्ट पार्टी हो र, चन्दा असूल्ने मात्र भन्ने तर आफ्नो सरकार अहिले सम्मकै भष्ट्र भन्ने थाहा भएन जसले अर्वौ अरवका वाईड वडी घोटला गर्यो, कर छली, कार्यकर्ता वाडने , किसानका कोटामा मन्त्री नै विदेश जाने, अनि घर हूदाहूदै सासंदहरूले पैसा लूटने, निजी विधालय र मेडिकल कलेज खोलेर सूल्क वढाएर जनता वाट चर्को सूल्क असूल्ने अनि को हो त लूटतन्त्र चलाउने विप्लव कि केपी सरकार ?

विप्लव पार्टीले पनि चन्दा सम्वन्धी लागेका सवै आरोपको खण्डन गर्नू पर्छ यदि ति गलत हून भने। यदि कतै कार्यकर्ता र पार्टी वाट त्यसतो चन्दा आतक हूदै छ भने त्यो पनि रोक्नू पर्छ । जवरजस्ती चन्दा लिन गलत हो । अनि जसको सत्तामा केहि पहूच नै छैन कसरी त्यो शक्ति देश लूटने हून्छ होला । यहि किसिमका यस्ता गौण कूराले गर्दा यूद्धकारी शक्तिका फरक विचारको कसरी समाधान गर्ने भन्दा नि पार्टी माथि नै पर्तिवन्द लगाउनू भनेको जनताका जवल्न्त विचार माथि र लोकतान्त्रिक व्याक्तिको सवतन्त्रता माथि नै वन्देज लाऊन हो।

जसको कारणले गर्दा सासकको असफल नितिले गर्दा आज त्यो असून्तूष्ट शक्तिवाट नेपाल वन्द सहित का कार्यक्रम घोषणा भएका छन। यो अवस्था सृजना हून्छ भने थाहा हूदा हूदै सरकार कूरा काटनू र आलोचना मा नै सिमित भए पश्चात के नै हून्थ्यो र। आन्दोलनकरीहरू दवाव दिनूलाई र आफ्नो विचार र जनताको अधिकार लाई सूनिश्चित गराउन वन्द गर्छन। अव यो वन्द वाट कयौ व्यवसाय वन्द हून्छन भने कयौ जनताले सास्ती र दूख पाउछन। यो वन्द वाट नत्र सरकारलाई फाईदा हून्छ नत्र आन्दोलनकारीलाई दूख जति जनतालाई हून्छ। अव यसरी समाधान निस्किदैन सवै पक्षले सयमित भएर वन्द र हडतालको स्वरूप पनि वदल्नू पर्छ र सरकारले पनि असून्तूष्ट पक्षलाई तत्काल वार्ता वाट सम्सयाको समाधान खोज्नू नै वूद्धिमानी हूने छ।