विद्यार्थिको गुनासो : काेर्ष पुरा नभएरै एसइई दिनु पर्याे

 बझाङ,चैत १७।बझाङको साईपाल गाँउपालिकाका एसइईमा सहभागि विद्यार्थिहरुले पुरा कोर्ष नसकीएर नै आफुहरुले एसईई परिक्षा दिनु परेको गुनासो गरेका छन् । बर्ष भरि लगाएर पुरा गर्नु पर्ने कोर्षहरु यहाँ अध्यापन गराउने शिक्षकहरुले केहि विषयहरुका कोर्ष ६ महिनामा नै सक्काएको समेत बताएका छन् । ६ महिनामा अंग्रेजी, विज्ञान र गणितका कोर्ष पुरा भए पनि अन्य विषयका कोर्षहरु भने पुरा नभएर नै आफुहरुले परिक्षा दिएको काँडा माविका छात्र नरेश बोहराले बताए । अन्य विषयहरुको हकमा घरमा नै अध्यान गरेर परिक्षामा आफु सहभागि भएको उनको भनाई छ ।

कोर्ष पुरा नभए पछि आफुहरुले एक महिना जति सदरमुकाम नजीकै रहेको तल्कोट गाँउपालिकामा नै आएर ट्युसन कक्षा लिएको भरमा परिक्षा दिएको बताए । कहिले नियमित रुपमा शिक्षकहरु नै हाँजीर नहुने र कहिले विद्यार्थिहरु नै विद्यालय नजाने प्रवृतिका कारण साईपाल गाँउपालिकामा रहेका मावि स्कुलका कोर्षहरु कहिले पनि पुरा नहुने गरेको गत बर्ष एसईईकमा सहभागी छात्रा रिना बोहराले बताईन् ।

उनले भनिन् यहाँका माविमा कहिले पनि कोर्ष पुरा हुदैन । आफुहरुले नै पढेर परिक्षामा सहभागि हुनु पर्छ । सरहरुले पनि त्यति राम्रो संग अध्यापन गराउमा ध्यान दिदैनन् । जसका कारणले हाम्रो जीवन नै अन्धकार तर्फ धकेलीदै गएको आरोप उहाँले लगाईन । विद्यालयमा कोर्ष पुरा नभएकै कारण गत बर्ष आफ्नो परिक्षा विग्रीएको उनको भनाई छ ।

यस बर्ष पनि आफुले ट्युसन कक्षा पढेकै भरमा परिक्षामा सहभागि भएको बताउदै काँडा माविकी छात्रा निर्मला बोहराले भनिन् “यहाँका विद्यालयहरुमा ६ महिना मात्रै पढाई हुने गरेका छन् । अहिले सम्म जिल्ला स्तर बाट न अनुगमन भएको छ नत मुल्याङ्कन नै यस प्रति सरोकारवालाको चाँसो नै नगएको उनको भनाई छ ।

यो समस्या एउटै विद्यालयको मात्र नभएर समग्र गाँउपालिका भरिएका विद्यालयहरुको अवस्था नै यस्तो रहेको स्थानीय बासिन्दा पिटर बोहराले बताए । उनले भने स्थानीय निकाय निकाएले समेत चाँसो नदउिका कारण समस्या भएको हो । यहाँका जनप्रतिनिधिहरुले समेत यसमा चाँसो दिन नसकेको उनले बताए । यहाँका विद्यालयहरु असार देखी असोज सम्म मात्र नियमित रुपमा पढाई हुन्छ । बैशाख महिना देखी असार सम्म यार्सा संकलन गर्न सम्पुर्ण गाँउ नै खाली गरेर लेक तर्फ जाने प्रचलन छ । असोज पछि फेरी चाँडबाँडको विदा र हिउदे विदामा ठिक्क हुुने गरेको उनको भनाई छ ।

 

यस विषयमा साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले कोर्ष पुरा नभएको कुराहरु स्वीकार गर्दै भने गाँउपालिकाले नयाँ सोच का साथ अघि बढ्न लागेको छ । शिक्षा निति नै निर्माण गरेर आफुहरु अघि बढ्ने सोचका साथ लागि परेका छौ । हामी आएको दुई बर्ष मात्रै भएको छ । भौगोलीक विकटता र दुर्गम लगातार हिमपात भै रहने लगातयका थुप्रै समस्याका बाबजुत पनि आफुहरु सक्रीए भएर लागि परेका र आगामि बर्षहरुमा कोर्ष पुरा भएर मात्रै विद्यार्थिहरु सहभागि गराउने प्रतिबद्धता समेत ब्यक्त गरे ।