बारामा हावाहुरीले २५ जनाको मृत्यु ४ सय घाइते

वीरगञ्ज,चैत्र १८।  हावाहुरीका कारण बारामा २५ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले २५ जनाको मृत्यु भएको र करीब ४०० घाईते भएको जानकारीमा आएको छ। अझै ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिए।

 

त्यस्तै, पर्सा जिल्लामा पनि हुरीका कारण एकजनाको मृत्यु भएको छ। राससका अनुसार पर्साको हरबडियामा एकजनाको मृत्यु भएको हो।

 

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा १ सय २० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।