राहतका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री यादवको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन

काठमाडौं,,चैत १८। बारा र पर्सामा आएको हावाहुरीका कारण भएको क्षतिको राहत वितरण तथा उद्धारका लागि प्रदेश २ सरकारले ५ सदस्यीय कमिटी गठन गरेको छ।

प्रदेश २ का मुख्यमान्त्री लालबाबु राउत ट्वीटर मार्फत उाद्धार र राहतका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ उच्चस्तरीय कमिटी गठन गरेको जानकारी दिनुभएको छ ।

 

उहाँले ट्वीटरमा लेख्नु भएको छ ‘घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति गठन ।’

 

टोलीमा सामाजिक विकास मन्त्री नवलकिशोर शाह, पर्यटन ता वन मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुण झा छन्।

 

प्रदेश २ को मन्त्रीपरिसद् बैठकले पीडितका परिवारलाई ३ लाख रुपैयाँका दरले राहत दिने र घाइतेहरुको निस्शुल्क उपचार गराउने निर्णय पनि गरिसकेको छ ।