नेपाली सेनाबारे भारतमा खतरनाक दुस्प्रचार :विभिन्न देशका सेनासँग सहकार्य र सम्बन्ध विस्तार गर्दा, किन दुख्यो भारतको टाउको ?

काठमाडौं,चैत २१।नेपाली सेनाले विभिन्न देशका सेनासँग सहकार्य र सम्बन्ध विस्तार गर्दा भारतको टाउको दुख्ने गरेको छ । भारतीय मिडियाले नेपाली सेनाबारे दुस्प्रचार गर्दै समाचार सम्प्रेषण गर्न थालेका छन् । भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा नेपाली सेनाबारे दुस्प्रचार हुने गरी भ्रामक समाचार सम्प्रेषण गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा गएका बेला भएको नेसनल डिफेन्स युनिभर्सिटी स्थापना सम्बन्धी छलफललाई तोडमोड गर्दै भारतीय मिडियाले समाचार लेखेका छन् । चीनसँग भएको समझदारीबारे रक्षामन्त्री पोखरेलले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समेत जानकारी दिएका थिए । तर भारतीय मिडियाले ‘आईएसआई की चाल स् नेपाल की सेना में घुसपैठ कर पाक रच रहा भारत के खिलाफ साजिश’ शीर्षकमा समाचार लेख्दै चीनसँग हुन गइरहेको सहकार्यलाई पाकिस्तानसँग जोडेर दुस्प्रचार गरेको छ ।

 

भारतीय मिडिया आजतकले लेखेको छ, ‘पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई नेपाली सेनामा गुपचुप नयाँ तरिकाले घुस्ने कोसिसमा लागेको छ । यसका लागि आईएसआई र नेपाली सेना नेपालको राजधानी काठमाडौंमा नेसनल डिफेन्स कलेज बनाउँदैछन् । चीनको सहयोगमा पाकिस्तान नेपालसँग नजिक हुने कोसिसमा लागेको छ, ताकि नेपालमा भारतको प्रभाव कम गर्न सकियोस् ।’

 

रक्षा मन्त्रालय र नेपाली सेनाले चीनसँग सहकार्य बढाइरहेको सन्दर्भमा भारतीय मिडियाले अनावश्यक रुपमा पाकिस्तानसँग जोड्दै दुस्प्रचार गरेका छन् । चीनसँग नजिक हुँदा र नेपाली सेना शक्तिशाली हुँदा भारतको टाउको दुखाइ किन भयो रु बुझ्न सकिएको छैन ।
आजतकको समाचारमा अगाडि लेखिएको छ, ‘गुप्तचर स्रोतका अनुसार पाकिस्तान नेपालमा नेसनल डिफेन्स कलेज बनाउन चाहन्छ र काठमाडौंस्थित पाकिस्तानी उच्च मिसन भारतविरोधी प्रोपोगान्डा चलाइरहेको छ ।’

 

पाकिस्तान र नेपालबीच कलेज स्थापनाबारे धेरै पटक बैठक भइसकेको समाचारमा उल्लेख छ । तर सरकार र सेनाले डिफेन्स युनिभर्सिटी स्थापनाका लागि चीनसँग छलफल गरिरहेको हो । चीनसँग भइरहेको छलफललाई भारतले पाकिस्तानसँग जोडेर दुस्प्रचार गर्न खोजेको छ ।

 

समाचारमा लेखिएको छ, ‘एक गोप्य रिपोर्टमा भनिएको छ कि पाकिस्तान नेपालमा भारतविरोधी र आतंककारी समूहलाई सहयोग गरिरहेको छ । जसबाट आतंककारीले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भारतमा प्रवेश गर्न सकियोस् ।’ पाकिस्तानसँगको झगडा र रिसइबी साध्न भारतीय मिडियाले नेपाली सेनालाई बद्नाम गराउन खोजिरहेका छन् ।

 

नेपाली सेनाले नेशनल डिफेन्स युनिभर्सीटी स्थापनाका लागि चीनसँगको छलफल अघि बढाएको भएपनि त्यसबाट भारतले आत्तिनुपर्ने कुनै कारण छैन । नेपाली सेना भारतसँग मात्रै निर्भर रहनुपर्ने र अन्य देशका सेनासँग सहकार्य गर्न नहुने संकुचित भारतीय स्वार्थमाथि भने अवश्य नै धक्का लागेको छ । तर नेपाल सरकार र सेना नेपाली भूमिमा छिमेकी देशविरोधी गतिविधि हुन नहुनेमा जानकार छ । सेनाले हाल एनडिसीका लागी भारत,पाकिस्तान, चीन र अमेरिकालगायतका देशमा सैनिक अधिकारीलाई उक्त कोर्सका लागी पठाउंदै आएको छ ।

 

सेनाले विश्व विद्यालय स्थापनाका लागी चीनसंग छलफल गरेपनि कस्तो खालको सहयोग स्विकार गर्ने भन्ने वारेमा भने छलफल चलिरहेको जनाएको छ । चीनले यसअघि नेपाली सेनाका लागी एयरवेस बनाईदिने प्रस्ताव गर्दा सेनाले अस्विकार गरेको थियो । भारत र अमेरिकाले पनि सेनालाई विभिन्न खालको सहयोग गर्ने प्रस्ताव गर्दा त्यो मुलुकको हितमा नभएको अवस्थामा अस्विकार गर्दै आएको छ ।

 

‘हामी सहयोग पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्विकार गर्छौ, डिफेन्स युनिभर्सिटीको सवालमा पनि हार्डवेयर सहयोग लिने कि सफ्टेवेयर भन्नेमा छलफल चलिरहेको छ, यो समाचार सेनालाई बदनामित गर्ने उद्देश्यबाट आएको छ त्यसमा सत्यता छैन् ।एजेन्सी,

 

यस्तो छ आजतकमा छापिएको समाचार