झनै डरलाग्दो बन्दैछ मौसम आज पनि सबैलाई सचेत रहन भन्दै पूर्वानुमान महाशाखाद्धारा यस्तो सूचना जारी

काठमाण्डौँ, चैत २४।काठमााडौ सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा मेग गर्ज सहित वर्षा भइरहेको छ । पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले उपत्यकासहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार आज दिनभरी नै हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ ।