कर्णाली आफैमा सुन्दर ः पौडेल

रारा साहित्य प्रतिस्ठानको मुख्य आयोजना र कर्णाली कला संस्कृति प्रतिस्ठान काठमाडौसंगको सहकार्यमा दोस्रो पटक संयुक्त रचना वाचन एवम श्रस्टा सम्मान कार्यक्रम आइतबार काठमाण्डौमा सम्पन्न भएको छ ।

 

संयुक्त रचना बाचन कार्यक्रम रारा साहित्य प्रतिस्ठानका अध्यक्ष दलु बुढा निश्चलको सभापतित्व रहेकाे थियाे भने, नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री र नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्य रहेकाे थियाे ।

 

कार्यक्रममा बिशेष अतिथी ललिजंग रावल र अथितिहरु पुर्व शिक्षा राज्यमन्त्री हस्त ब. मल्ल, नेपाली कांग्रेस मुगुका सभापति खडक ब. शाही र कर्णाली कला संस्कृति प्रतिस्ठान अध्यक्ष निर्माेही संकल्प हुनुहुन्थ्यो भने कलाकार अतिथि पुर्णकला बिसि, पदम रोकाया, अर्जुन सुनाम र अनिता श्रेष्ठ कार्यक्रमको आकर्षक शोभाको रुपमा हुनुहुन्थ्यो ।

कला, संस्कृति र साहित्यको उत्थान, रारा साहित्य प्रतिस्ठानको मुल अभियान भन्ने नाराका साथ काठमाडौमा आयोजना गरिएको उक्त कार्यक्रममा ६ जना हस्ताक्षरहरु एक साथ प्रस्तुत भएका हुन । साहित्यिक प्रस्तुतिमा गजलकारहरु, प्रदिप रोदन, लक्ष्मणराज बुढा, रुपक रावल जिज्ञासु र कविराज शाहीको प्रस्तुती थियो भने कविमा नवीन प्यासी र मुक्तककारमा सन्तोस अम्गाईको बेजोड प्रस्तुत थियो। सबैलाई साहित्यिक पारखिहरु दर्शकरश्रोताहरुले राम्रो साथ पनि दिएका थिए। साथै कलाकार पुर्णकला बि सि, पदम रोकाया, अर्जुन सुनाम र अनिता श्रेष्ठको आनन्ददायि प्रस्तुति रह्यो ।

 

प्रस्तुतिपछि कार्यक्रमका प्रमुख अतिथी रामचन्द्र पौडेलले भन्नुभयो नेपाली साहित्य, भाषा, कला र संस्कृतिको उद्गमथलोको साहित्यिक संगठनको आगनमा आफू आउन पाउदा ज्यादै खुशी भएको भन्दै कर्णाली क्षेत्रलाई युरोपेली देशहरुमध्येको एक देश सुईजरल्याण्डसंग दाज्नुभएको थियो । सुईजरल्याण्ड आफू भ्रमण जादाको अनुभव सुनाउदै वहाले भन्नूभयो । स्विजरल्याण्ड कृतिम रुपमा सुन्दर बनाईएको भए पनि हाम्रो देश हाम्रो कर्णाली आफैमा प्राकृतिक रुपमा सुन्दर भएको जिकिर गर्नुभयो। साथै सुन्दर देश सुईजरल्याण्ड संग पनि नेपालको तुलनामा थुप्रै कुराको अपुग भएको जानकारी दिनुभएको हो ।

 

विभिन्न कुरामा धनी भएको कर्णाली क्षेत्र भौगोलिक रुपमा पछि परेको भन्दै अबका दिनमा साहित्यिक आवाजमा पनि पछि नपर्न सबै आ–आफ्नो ठाउमा लाग्नुपर्ने कुरामा सबै अथितिहरुको समानान्तर बोल थियो भने कार्यक्रमको संचालन, गायक तथा रेडियोकर्मि प्रज्वल पारखी र गजलकार हिक्मत क्षितिजले गर्नुभएको थियो ।