दुइ दिने नेपाल कफी ब्यबसाय प्रबर्द्धन सम्मेलन सम्पन्न

   नरेन्द्र महतारा-

काठमाडाै,बैशाख ३। राजधानीमा दुइ दिने नेपाल कफी ब्यबसाय प्रबर्द्धन सम्मेलन सम्पन्न भएको छ।सम्मेलनमा नेपालका विभिन्न जिल्लाहरुका कृषक ब्यबसायीहरु र कफी बिज्ञहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिन नेपालमा कफी खेतीका लागी सरकारी स्तरबाट भएका प्रयासहरु र आर्थिक क्षेत्रमा कफिको महत्वबारे चर्चा गरिएको थियो।कार्यक्रमको दोस्रो दिन अर्थात आज नेपालमा कफी उत्पादनका लागी सुधार गर्नुपर्ने क्षेत्रहरू,कफीको वर्तमान बजार अवस्था,कफिमा भएका निति,यसको लागी उपयुक्त जमिन र देशमा कति मात्रामा कफी उत्पादन भएमा यसको माग पुरा हुन्छ भन्ने विभिन्न बिषयहरुमा विभिन्न क्षेत्रका बिज्ञहरुबिच छलफल भएको थियो।कफी खेती गर्दा भोगेका समस्याहरु र यसबाट भएका फाइदाहरुका बिषयमा सहभागीहरुले आपसमा अनुभवहरु साटासाट गरेका थिए।

 

 

नेपालमा बिशेषगरी युवा शक्तिलाइ यस क्षेत्रमा बढी आकर्षण गर्न सक्ने कार्यक्रम राज्यले ल्याउनुपर्ने र यस सम्मेलनबाट युवाहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुने उनिहरुले बताएका छन।साथै राज्य र निजि क्षेत्रले यस ब्यबसायको प्रबर्द्धनका लागी लगानी गर्नुपर्नेमा पनि उनिहरुको जोड छ।

 

 

हरेक दृष्टिकोणबाट नेपालमा यस ब्यबसायको लागी धेरै नै सम्भावना रहेको तर समस्यै समस्या रहेकाले यसको समाधानका लागी सबै मिलेर अगाडि बढने हो भने नेपालमा कफी खेतीको भबिष्य समृद्ध रहेको विभिन्न क्षेत्रका बिज्ञहरुको निष्कर्ष छ।