सार्वजनिक यातायातमा अझै सास्ती

  नरेन्द्र महतारा-

काठमाडाै,बैशाख ३। सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूले अझसम्म पनि पुरानै सास्ती खेपिरहेका छन्।गन्तव्यमा पुग्नका लागी प्राय सबै नागरिकहरुले सार्वजनिक गाडी चाड्ने गर्छन तर ति गाडीहरूमा उनिहरुले निकै नै सास्ती खेप्ने गरेका छन।

 

देशको राजधानी काठमाडौ सहरमा त झन यस समस्याले उग्ररुप लिएको छ।जनसंख्या दिनानुदिन वृद्धि भैरहदा सार्वजनिक यातायातकाे चाप पनि उतिकै वुृद्रि भइरहेकाे छ तर गाडीहरू उहि स्थितिमा सिमित छन्। जसले गर्दा यात्रुहरु प्रत्यक्ष मारमा परेका छन।एकातर्फ सार्वजनिक गाडीहरूमा सिट संख्या धेरै नहुने र गाडी स्टाफहरुले क्षमताभन्दा बढी यात्रुहरू कोचेर जबर्जस्त यात्रा गराउने गरेका छन।जसका कारण दिनानुदिन दुर्घटना बढिरहेका छन।

 

 

यातायात क्षेत्रमा सरकारले जति परिवर्तनका चर्का नारा लगाए पनि समस्या अझै जिउका तिउ नै छन।अझ कहिलेकाही चाडपर्वहरुमा त गाडीको चरम अभाव नै हुने गरेको छ।झहामीलाई समयमै आफ्नो काममा पुग्नुपर्ने हुन्छ तर भनेको समयमा गाडी नै पाउदैननञ एकजना यात्रुले भने।उचित समयमा सम्बन्धित ठाउँमा पुग्नका लागी यात्रुहरुले दिनानुदिन सास्ती नै सास्ती पाउने गरेका छन।