आज मिति २०७६ साल बैशाख ४ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । शिक्षा पेशा सँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

हरेक काममा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । मोजमस्तिमा मन जानेहुँनाले अध्यन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका आजको दिन उत्तम नहुँन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । दाजुभाई तथा छिमेकि सँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

तपाईबाट राम्रा काम हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । राम्रा पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ भने बिलाशि तथा सुन्दर बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । प्रेम प्रशङगमा दिल खोलेर रमाउँन सकिनेछ ।

तुला  रा,री,रु,रे,रो,ता,ती,तू,ते

लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकनिेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रसस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा साथिभाई तथा आफन्तको समयोग हुनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुँनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि साझेदारहरुबिच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ । आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला ।