चलचित्र ,पसिना, को ट्रेलर सार्वजनिक

   नरेन्द्र महतारा

ननस्टप क्रीयशनको प्रस्तुतिमा शान्ता ढकालको पसिना चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ।आर.बि खत्रीको लेखन र मुख्य निर्देशनमा,निर्माता शान्ता ढकाल र कार्यकारी निर्माता इन्जिनियर सन्जय महतोले उक्त चलचित्र बजारमा ल्याएका हुन।उक्त चलचित्रले झगरौ सत्कर्म,बगाउ पसिना  भन्ने नारालाइ अघि सारेको छ।

 

कुनै पनि मानिसका लागी परिश्रम नै जिवनको पहिलो पाटो भएकाले यसलाइ निरन्तरता दिनका लागी सबै मानिस लाग्नुपर्ने कुरा चलचित्रमा देखाइएको छ।देशमा बढदै गैरहेका बिकृती,बिसंगतिहरु,बलात्कारजस्तो जघन्य अपराधलाइ चलचित्रले समेटेको छ।

 

त्यस्तै नेपाली राजनीति पहुँचवाला ब्यक्तिको मात्र भएकाले यहाँ नातावाद तथा कृपावाद चल्ने र क्षमतावान र परिश्रमी ब्यक्तिले सधै पछाडि पर्नुपर्ने बाध्यता पनि कथामा प्रस्तुत गरिएको छ।देशमा श्रमको सबैले सम्मान गर्नुपर्ने र मजदुर बर्गका मागहरुलाइ राज्यले सम्बोधन गर्दै विशेष प्राथमिकता दिनुपर्ने चलचित्रको जोडदार माग छ।

 

चलचित्रमा कलाकारहरू गौरव पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,जयनन्द लामा,लोकराज अधिकारी,गौरव महतो,सरोज अर्याल,धुर्व कोइराला,सृजना अधिकारी,शिब शंकर रिजाल,सुरजनि केसि,सारदा गिरि,छुलथिम गुरुङ,शान्ती गिरि र रोशन प्रतापको भुमिका रहेको छ।चलचित्र बैशाख २७ गतेबाट देशभर प्रदर्शन हुनेछ।