आज मिति २०७६ साल ७ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

व्यावसायिक यात्राहुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदारबिच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तबिच राय बाजिनेछ । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुँन सक्छ ध्यान दिनुहोला ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच मायामा बिश्वासको बाताबरण बढेर जानेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

चन्द्रमा खर्च स्थानमा गोचर गरिरहेको भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि कमाईभने न्यून हुँनेछ । घर परिवारमा आफन्त तथा चेलि माईति बिच मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । नयाँ योजना कुनै बनाउँनु भएको भए तत्काल सार्वजनिक नगर्नुनै बेश हुँनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।