आज मिति २०७६ साल बैशाख ९ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुँने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा समयमा आफ्नो काम थाति रहन सक्छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनिति अपनाउँनु होला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

न्यायिक निर्णयहरु तपाईको पक्षमा फैसला नहुने हुदा त्यस्ता विषयमा आज सामेल नहुदानै राम्रो रहेकोछ । आट तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम पनि अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा छिमेकी सँग मनमुटाव सिर्जना हुनेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय कुर्नुनै उत्तम हुनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर रहनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुँनेछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुँने योग रहेकोछ ।