अस्थायी शिक्षकहरु पुनः आन्दोलित


   नरेन्द्र महतारा

काठमाडाै,बैशाख १०।रिपाेर्टस क्लव नेपालमा आज पत्रकार सम्मेलन गरि अस्थायी शिक्षकले पुन आन्दाेलनका कार्यक्रमहरू घाेषणा गरेका छन्।अस्थायी ,करार शिक्षकहरु पुनः आन्दोलित भएका छन।सरकारले लिएको आन्तरिक परिक्षा विभेदित,अबैज्ञानिक र अब्यबहारिक भएको भन्दै आफुहरु पुन आन्दोलनमा आएको उनिहरुले बताएका छन।

रिपोर्टस क्लब नेपालको पत्रकार सम्मेलनमा बोल्दै अस्थायी, करार शिक्षक केन्द्रिय संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईंले राज्यले अस्थायी शिक्षकहरूलाइ अब्बल सावित हुने मौका दिन आग्रह गरेका छन।परिक्षाका लागी प्रश्नहरु सोध्दा बिशिष्टिकृत तालिका भन्दा अन्यत्रबाट प्रश्नहरु सोधिएकोमा उनको घोर आपत्ति छ।राज्यले आफुहरुलाइ दिने सेवा निरन्तर भैरहनुपर्ने उनको माग छ।

 

त्यस्तै सामुदायिक बिद्यालयका अध्यक्ष सुर्यप्रसाद तिवारीले वर्तमान सरकारले शिक्षकहरुलाइ मारेको आरोप लगाएका छन।शिक्षा क्षेत्रमा योग्यभन्दा अयोग्यहरुको प्रवृत्ति हाबी भएकाले तिनलाइ बिस्थापित गर्ने आफ्नो आन्दोलनको मुख्य उद्देश्य रहेको उनको दाबी छ।

 

अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिका सह-संयोजक जिवन सुवालले आफुहरुको बाँच्न पाउने अधिकार खोसेको र रोजगारीको हक हनन गरेकोले त्यसकाबिरुद्धमा आफुहरु कडा भएर अगाडि बढ्ने उनको भनाइ छ।

 

शिक्षक महासंघले आफुलाइ र आफ्ना मागहरुलाइ पुर्ण रुपले बेवास्ता गरेकाले यसको ढोका सधैका लागी बन्द गर्ने र यस्ता कार्यप्रती घोर निन्दा गर्नुपर्ने उनको सुझाव छ।उनिहरुका मुख्य दुइटा मागहरु छन, कुनै पनि बहानामा अस्थायी शिक्षकहरुलाइ राज्यले बिस्थापित नगर्ने र पटक पटक आन्तरिक परिक्षा दिने ब्यबस्था।

यस्तै अनवरत रुपमा चल्दै आएको भद्रकाली काठमाडौ को धर्ना कार्यक्रम यथावत राख्ने,बैशाख ११ र १२ गते शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउने,बैशाख १३ गते काठमाडौको भद्रकालि देखी नयाँबानेश्वर सम्म बिशाल जुलुस प्रदर्शन गर्ने र बाँकी आन्दोलनका कार्यक्रमहरु बैशाख १३ गते नै घोषणा गर्ने तय भएकाे बताउनु भयाे ।