बालुवाटार र खुल्लामञ्च ओलीले खान्न भन्दा भन्दैसबै खाए : पूर्वमन्त्री मिन विश्वकर्मा

काठमाडौं,बैशाख १७।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार,शुसासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।

 

मंगलबार साक्षात्कारमा बोल्दै उनले भने,‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं ? भनेर आक्रोश पोखिरहेका छन् ।’ मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ ।

 

उनले भने,‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे।

 

ललिता निवासलाई मोही कायम गर्न लाखौं-करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे । विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।

 

नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।