११ बिद्यार्थी संगठनको आन्दोलन:खुल्ला मञ्च खाली गर,बालुवाटार जग्गा फिर्ता गर,नागरिकता बेच्न पाइदैन

   

     नरेन्द्र महतारा

 काठमाडौ,बैशाख १७।काठमाडौको माइतीघर मण्डलामा आज ११ बिद्यार्थी संगठनले सर्वसत्तावादी भ्रष्ट सरकार विरुद्धको विरोध जुलुस र सभा सम्पन्न गरेका छन।अहिलेको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको र चरम भ्रष्टाचारको चङ्गोलमा फसेको भन्दै उनिहरुले सरकारविरुद्ध यो आन्दोलन गरेका हुन।

विभिन्न पार्टीका ११ भातृ संगठनहरुले यो आन्दोलनमा सहभागिता जनाएका थिए।उनिहरुले सरकारविरुद्ध कडा नाराबाजीका साथ राजिनामाको माग गरेका छन।

केपि ओलि किरिकुरि धेरै भयो चुरिफुरी,खुल्ला मञ्च खाली गर,केपि चोर देश छोड,केपि तेरो पाराले दुख पाए साराले,नागरिकता बेच्न पाइदैन नालायक सरकार चाहिदैन,केपि ओलिको चमत्कार हत्या,हिंसा,बलात्कार नागरिकको हनन भो ओलि सरकार दलाल हो,बालुवाटार जग्गा फिर्ता गर,निर्मलालाइ न्याय दे जस्ता चर्का नारा लगाउदै सरकारको राजिनामा माग गरेका छन।आन्दोलनमा युवाहरु नै बढी भएकाले यो आन्दोलन अलि कडा भएको थियो।

 

हातहातमा नेपालको झण्डा र आफ्ना संगठनका झण्डाहरु फहराउदै कडा नारा लगाउदै उनिहरुले शान्तिपूर्ण तरिकाले आफ्नो आन्दोलन सम्पन्न गरेका थिए।माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरमा गएर कोणसभामा परिणत भएको थियो।उक्त कोणसभामा बोल्ने अधिकांश बक्ताले यो आन्दोलनको सुरुवात मात्र भएको र अब यो सरकारका विरुद्धमा अझै सशक्त भएर अगाडि बढने चेतावनी दिएका छन।

 

अखिल(क्रान्तिकारी) का तर्फबाट अध्यक्षहरु हरिकृष्ण गजुरेल-आलोक रायमाझी-चिरञ्जीवी ढकाल ,नेबिसंघका  तर्फबाट पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह,समाजबादी बिद्यार्थी फोरमबाट अध्यक्ष विवेक राइ,अनेरास्ववियु(पाचौ) बाट अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल बिद्यार्थी युनियनका प्रमुख प्रवीण मिश्र,राष्ट्रिय विद्यार्थी संघबाट महासचिव रञ्जित निष्पक्ष,नयाँ शक्ति बिद्यार्थी युनियनबाट अध्यक्ष श्यामबाबु गौतम,राष्ट्रबादी बिद्यार्थी संघबाट अध्यक्ष ताराप्रसाद अर्याल र नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघबाट अध्यक्ष दुजाङ शेर्पा लगायतले आ-आफ्नो संगठनको नेतृत्व गरेका थिए।