सरकार ढाल्ने विकल्प राजतन्त्रको पुनस्थापना

काठमाडाै,बैशाख १७।शाही युवा शक्ती नेपालले अहिलेको सरकार ढाल्ने मुख्य बिकल्प राजतन्त्रको पुनःस्थापना भएको उल्लेख गरेको छ।रिपोर्टर्स क्लब नेपालको सभाहलमा पत्रकार सम्मेलन गर्दै उसले यस्तो उल्लेख गरेको हो।

 

कार्यक्रममा बोल्दै अध्यक्ष पशुपति खडकाले गणतन्त्र खारेज गर्न,संघीयता खारेज गर्न र धर्म निरपेक्षता खारेजीका लागी शाही युवा शक्ती नेपालको स्थापना भएको प्रष्ट पारे।जनताको मानवअधिकारमा सरकारले हस्तक्षेप गरेकाले यसको स्वतन्त्रताको लागी सबै लाग्नुपर्नेमा उनको जोड छ।

 

अहिले गणतन्त्रको नाममा निरंकुश शासन हावी भएकाले यसको अन्त्यका लागी आफुहरु निरन्तर संघर्षरत रहेको उनले दावी गरे।केपि ओलिको पुत्ला जलाउदा मान्छे नै जलेजस्तो गर्नेहरुको विरुद्धमा अब टोलटोलमा उनको पुत्ला जलाउदै हिडने उनको जिकिर छ।हामी सधै पुरानै पद्धतिमा जान खोजिरहेका छौ राजा हामीले हिजो देखेकै हो खासै परिवर्तन त भएन,हाम्रा लागी अरु कुनै नया बाटोहरु छैन्न?भन्ने प्रश्नमा उनको जवाफ थियो-यो देशको समृद्धि चाहने भनेको राजा मात्रै हो।

 

सबैको एउटै माग छ भने त्यो राजतन्त्र नै हो।त्यस्तै आन्दोलनका क्रममा सरकारले बानियाटारबाट आफ्ना कार्यकर्ताहरु बिनोद के.सि (केन्द्रिय सदस्य) ,रामप्रसाद सुवेदी,मिन बहादुर क्षेत्री र दिपेश खडका लगायतका जिल्ला अध्यक्षहरुलाइ जबर्जस्त तरिकाले पक्राउ गरेकोले तत्काल रिहाइका लागी उनिहरुले माग गरेका छन।अबको २४ घण्टाभित्रमा आफ्ना कार्यकर्ता रिहाइ नगरे आफुहरु सशक्त रुपमा अघि बढने उनिहरुको चेतावनी छ।