जिल्लाकै बिकट गाँउमा बिजुलीकाे लाईन जडान गर्ने काम सम्मपन्न,माननीय मन्त्री माया भट्टज्यू प्रति हार्दिक अभार !

   तारादत्त्त भट्ट

बैतडी,बैशाख १७। जिल्लाकै बिकट दुर्गम दाेगडाकेदार गाउपालिका वार्ड नम्वर २ बडिया कफलकाेट (सिल्लेगाडादेखि कफलकाेट पातलिसम्म) काे बिधुत लाईन प्रशारणकाे काम सम्मपन्न भएकाे छ।

 

याे लाईन विस्तारवाट वडिया र कफलकाेटका करिव २५० वढि घरधुरि लाभान्तित हुदैछन, सल्लेगाडा देखि कफलकाेट पातलिसम्मकाे यति लामाे विधुत लाईन तान्ने कार्य,एउटा २५ केभिकाे वडियामा र अर्काे २५ केभिकाे कफलकाेटमा गरि याे प्रशारण लाईनमा २ वटा टान्स्रफरमर राखि यश दुर्गमक्षेत्रमा बिधुत प्रसारण गर्न महत्वपुर्ण भुमिका खेली सहयाेग गरि यसक्षेत्रका जनताका लागि महान गुन लगाउनु भएकाे छ।

 गुन लगाउने माननीय प्रदेश सरकारका उधाेग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टज्यू तथा नेपाल पत्रकार महासघ प्रदेश समितिका काेषाध्यक्ष नरेन्द्र भट्टज्यूलाई हामी सबैका तर्फवाट धन्यवाद ।

 

विशेष धन्यवाद माननीय मन्त्री माया भट्टज्यूलाई तपाईकाे विकासप्रेमि तथा दुर्गमका जनताप्रेमि भावनाकाे उच्च सम्मान!