हनुमन्ते खोला अदालतले गरायो व्यक्तिको नाममा

काठमाडौं,बैशाख २२। भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि९ १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।

 

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् ।

 

नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं। ४२४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ । यो समाचार कान्तिपुरबाट