प्रिसिडेन्ट ग्रुप अफ होटलको नवौ शाखा विस्तार:अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग

 

नरेन्द्र महतारा-

काठमाडाै,बैशाख २५।  प्रिसिडेन्ट ग्रुप अफ होटेलको नवौ शाखा मंगलबार राजधानिको महाराजगन्जमा विधिवत रुपमा बिस्तार गरिएको छ।हास्य कलाकार एवम् समाजसेवी सिताराम कट्टेल ( धुर्मुस) ले उक्त शाखाको उदघाटन गरेका हुन।

 

२०६२ सालदेखी स्थापना भएको उक्त ग्रुपले नेपालका विभिन्न ठाउहरुमा अरु ८ वटा शाखा बिस्तार गरिसकेको छ।उक्त ग्रुपले धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७५ हजारको चेक हस्तान्तरण गरेको छ।कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस) ले सबै नेपालीको सपनालाइ आफुहरुले पूरा गर्ने संकल्प गरेको उल्लेख गरे।

 

 

´हामी सबै मिल्यौ भने हाम्रो सपना अवश्य पूरा हुन्छ र यो अभियान राष्ट्रिय एकताको अभियान भएकाले सबै नेपालीहरुलाइ यस अभियानमा संलग्न हुन पनि उनले आग्रह गरे।होटलको गुणस्तरलाई निरन्तर कायम राख्दै ग्राहकहरुलाइ उचित सन्तुष्टिका साथ फरकफरक स्वादको अनुभुति दिन पनि उनले संचालनलाई अनुरोध गरे।  

 

यदि सेवा भरपर्दो र प्रभावकारी भएन भने कुनै ग्राहक पनि सन्तुष्ट नहुने भएकाले त्यसलाइ विशेष ध्यान दिन उनले सुझाए।ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफुहरुले आफ्नै देशमा केहि गर्न चाहेको र लाखौ रोजगारीका अवसरहरु यहि सृजना गर्ने र बिदेशीने बाटोलाइ आफुहरु केही हदसम्म भएपनी रोक्न सफल भएको बताए।उक्त होटलमा खानाका पारखीहरुलाइ फरकफरक स्वादका परिकारहरु उपलब्ध हुनेछन।प्रिसिडेन्ट ग्रुपको ´होटल सेकुवा` नाम राखिएको उक्त होटलको भरपुर सजिसजावट गरिएको छ।आफुहरुको सेवाबाट ग्राहकहरु निकै नै प्रभावित हुने सन्चालकहरुको दावी छ।