नयाँ पेट्रोलपम्प खोल्न अनुमति खुला

काठमाडौं, बैशाख २८ । लामो समयदेखि बन्द रहेको इन्धन बिक्रेता डिलरसिपको प्रक्रिया नेपाल आयल निगमले खुला गरेको छ। इन्धन बिक्री गर्ने पम्प सञ्चालनका लागि अनुमति प्रदान गर्न निगमले नयाँ बिक्रेता विनियमावली २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको हो।

 

यही विनियमावलीको आधारमा निगमले नयाँ पम्पलाई अनुमति प्रदान गर्ने र पुरानोलाई स्तरोन्नति गर्ने व्यवस्था गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

 

विनियमावलीको आधारमा निगमले नयाँ पम्पलाई अनुमति दिन र पुरानोलाई स्तरोन्नति गर्न सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ। पछिल्लो समय २०७३ सालदेखि नमुना पेट्रोलपम्पको हकमा बिक्रेता तोक्ने प्रक्रिया खुले पनि सामान्यको हकमा भने २०६८ देखि अनुमति दिने प्रक्रिया बन्द थियो।