१३ औं दक्षिण एसियाली खेलकुद (SAG) नेपालमा हुने: मन्त्री विश्वकर्मा 

नरेन्द्र महतारा

काठमाडाै,बैशाख २८। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (SAG) का लागी अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पुर्वाधार निर्माण गर्न सरकार लागिरहेको बताएका छन।रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले यस्तो बताएका हुन।

 

खेलको सुधार र विस्तारका लागी पुर्वाधार आवश्यक हुन्छ र त्यसका लागी सरकारले अहिलेदेखि नै पुर्वाधार निर्माण प्रक्रियामा जुटिसकेको उनले बताए।देशका ७५३ वटै स्थानीय तहमा एक/एक खेल मैदान बनाउने रणनीति पनि आफुहरुले लिएको उनको जिकिर छ।

 

भर्खरै सम्पन्न भएको ८ औं राष्ट्रिय खेलकुद बिगतका खेलकुदभन्दा भब्य र सभ्य भएकाले आगामी दिनमा यसलाइ अझै स्तरोन्नति गर्दै जाने पनि उनले उल्लेख गरे।भुकम्पले भत्काएका संरचनाहरुको पुनर्निर्माणमा सरकार लागिरहेको र ति संरचनाहरु छिट्टै नै निर्मित हुनेमा आफु विश्वस्त छु।उनले भने।

 

 

देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले खेलकुदको क्षेत्रमा पनि सबै नागरिकहरु हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको आग्रह छ।यस प्रतियोगितामा नेपालले धेरैभन्दा धेरै खेलहरु जित्नेमा आफु ढुक्क भएको पनि उनको दाबी छ।उक्त प्रतियोगितामा २७ खेलहरु समावेश हुनेछन।खेलको लोगो, मस्कट २ /३ दिनभित्रमा सरकारले सार्वजनिक गर्ने उनले जानकारी दिए।