दुई दिन सार्वजनिक बिदा

ललितपुर,बैशाख २८ । आईतवार महालक्ष्मी नगरपालिकामा मात्र बिदा दिईएको छ भने र सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकाले सार्वजनिक विदा नै दिएको छ ।

 

ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको गत वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने निर्णय गरेको हो ।

 

नगरपालिकाले एक सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनिक विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ।

 

त्यस्तै सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका वाङमय शताब्दीले पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा ललितपुर महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई विदा दिने जनाइएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला , साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण गरेका जोशीको महानगरले वैशाख ३०बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

 

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको -याली मंगलबारबाट सुरु हुनेछ । लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।

 

उक्त -यालीर कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ ।यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोवाइल प्रदान गरेको थियो ।