पत्रकारहरु भन्छन,सरकारले तत्काल विधेयक फिर्ता नलिए सडक आन्दाेलन गर्छौ

 

 नरेन्द्र महतारा-

काठमाडाै,बैशाख २८।पत्रकारहरुले सरकारले ´मिडिया काउन्सिल`विधेयक तत्काल फिर्ता नलिए आफुहरु सडक आन्दोलनबाटै अघि बढ्ने चेतावनी दिएका छन।आज।रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा उनिहरुले यस्तो बताएका हुन।

 

कार्यक्रममा बोल्दै जन पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले अहिलेको सरकारले पत्रकारहरुलाइ चौतर्फी रुपमा आफ्नो घेराबन्दीमा राखेको आरोप लगाए।पछिल्लो समय पत्रकारहरुलाइ विभिन्न बहानामा सरकारले विभिन्न मुद्दा लगाउदै पक्राउ गरेकोमा उनको घोर आपत्ति छ।

 

सरकारले ल्याएको यो विधेयकलेअहिले त काठमाडौमा बसेर समाचार नै लेख्न नपाइने स्थिति सृजना गरेकोले यो विधेयक तत्काल खारेज गर्न उनको सरकारसँग माग छ।

 

त्यस्तै प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले अब पत्रकारहरुलाइ सरकारले खाडी मुलुक पठाउने रणनीति बनाएको आरोप लगाए।सरकारलाइ सधै राम्रो गर्यौ भन्दै गुणगान गाइदिएको भए त्यो राम्रो हुने तर निष्पक्ष भएर कलम चलाउदा सरकारले पत्रकारहरुलाइ विरोधीको संज्ञामा राखेको उनको भनाइ छ।

 

अब पत्रकारहरुले समाचार लेख्दा गोजिमा पैसा बोकेर जानुपर्ने स्थिति यो सरकारले ल्याएकोमा यो सरकारको अधिनायकवादी शैलीपर्ति आफुहरु सशक्त भएर अघि बढने उनको दाबी छ।

 

यस्तैअ रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले लोकतन्त्रको संस्थागत गर्नकाअ लागि यो विधेयक संशोधन गर्न माग गरेका छन।पत्रकार भनेका लोकतन्त्रका सेनानी हुन,यिनलाइ सरकारले अपेक्षित शैलिमा अवहेलना गर्न हुदैन भन्ने उनको आग्रह छ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हिजोबाट आजसम्म आएको परिवर्तनमा पत्रकारिताको अहम भुमिका रहेको बताए।अहिले संसदमा दर्ता भएको विधेयक यदि कानुनका रुपमा आए पनि त्यो मान्य नहुने उनको भनाइ छ।