दोलालघाटमा रमाए मुगाली युवा

विभिन्न पेशा, व्यवसायको सिलसिलामा काठमाडौंमा रहेका मुगाली युवाहरु शनिबार बनभोजको सिलसिलामा काभ्रेको दोलालघाट पुगेर रमाइलो गरेका छन् ।

 

सामाजिक एकता र सद्भावका लाग िभन्दै पहिलोपल्ट यसखालको कार्यक्रम आयोजना गरिएको थियो । सय भन्दा बढि युवा जम्मा भएको बनभोज कार्यक्रमको संयोजकत्व मुगुका युवा नेता भक्त बहादुर रावतले गरेका थिए भने युवा नेता मनोज शाही, दल बहादुर वि. क., साहित्यकार निर्मोही संकल्प, सञ्चारकर्मी प्रज्वल पारखी, सामाजिक अभियान्ता महेन्द्र मल्ल लगायतले साथ दिएका थिए ।

 

विहान ९ बजे काठमाडौंको कोटेश्वरबाट सुरु भएको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मुगाली युवाहरु जम्मा भई एक जोडी बसमा दोलालघाट तर्फ सवार भएका थिए ।

 

विहान ११ बजे दोलालघाट पुगेका युवाले थकाइ नमार्दै भोटेकासी किनारमा तस्विर लिन त कोहि पौडि खेल्न मस्त थिए । केहिबेर पछि घैंटोफोरलगायतका प्रतियोगितात्मक खेल खेलेर रमाइलो गरेका थिए ।

कार्यक्रमको बिचमा परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो । कार्यक्रममा उपस्थित अधिकांसले अब साझा खालको मुगाली संगठन विकास गर्नुपर्छ र अबका दिन उक्त नयाँ संगठनले यस्ता खालका विभिन्न सिर्जनात्मक तथा सामाजिक कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रमको अन्ततिर सामुहिक देउडा खेल खेलेका थिए । अन्त्यमा केह िदेउडा गित र लोकगितमा सामुहकि तथा युगल नाचको रमाइलो सहित साँझ ७ बजे फर्केका थिए ।

 

दोलालघाटबाट बसमा फर्किदा पनि विभिन्न गितमा नाच्दै कर्मथलो काठमाडौं फर्केका थिए ।

 

तस्विरमा मुगाली बनभाेज