प्रेस स्वतन्त्रता लोकतन्त्रको लागी महत्त्वपूर्ण : पुर्व मन्त्री परिषद अध्यक्ष रेग्मी

 नरेन्द्र महतारा

काठमाडाै,बैशाख २९। पुर्व मन्त्री परिषद अध्यक्ष तथा पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रेस स्वतन्त्रता लोकतन्त्रको लागी महत्त्वपूर्ण अंग भएको बताउनु भएको छ।न्युज लाइन्स मिडिया प्रालिको दोस्रो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो

 

पछिल्लो समय पत्रकारहरुमा कपि गर्ने शैली हावी भएकाले पत्रकारहरुले सृजनात्मक,यथार्थपरक र राज्यलाइ निश्चित दिशा दिनसक्ने प्रतिस्पर्धा गर्नुपर्नेमा उहाको सुझाव छ।

 

अहिलेको यात्रा समृद्धि र विकासको भएपनी जनताले यसको अनुभुती नगरेकोमा जनतालाइ यसको प्रत्यक्ष अनुभुती दिने गरि काम गर्न सरकारलाइ उहाले आग्रह गर्नुभयो।प्रदेश नं ३ का सांसद तथा पुर्व मन्त्री राजेन्द्र पाण्डेले अबको पत्रकारिता स्वच्छ र सफा हुनुपर्ने बताए।अनावश्यक कुरालाइ भन्दा पनि आवश्यक कुरालाइ प्राथमिकता दिनेगरी पत्रकारिता गर्न उनको सुझाव छ।कार्यक्रममा राजपाका उपाध्यक्ष राजकुमार थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए।

 

´नेपाल भ्रमण बर्ष २०२०` को तयारीमा अनलाइन मिडियाको भुमिकाका विषयमा अन्तर्कृया गरिएको थियो।विभिन्न क्षेत्रमा रहि विभिन्न विधामा योगदान दिने विभिन्न ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो।