आज मिति २०७६ साल बैशाख ३० गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मान प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय दिदानि मनग्गे आम्दानि हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बिचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा कामहुँने हुँनाले सम्मान प्राप्त हुँनेछ ।

सिहं   मा,मी,मू ,मे,मो,टा,टी,टू,टे

तपाईबाट राम्रा काम हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । राम्रा पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ भने बिलाशि तथा सुन्दर बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । प्रेम प्रशङगमा दिल खोलेर रमाउँन सकिनेछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि हुँनेछ । तपाईको कार्य शैलि सबैले मन पराउँने हुँदा समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउँन सकिनेछ । नयाँ काम पाउँने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुँनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार नतिजा नआउँने हुँनाले मन खिन्न हुँनेछ । माईति तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । पढाई लेखाईमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

मीन दी, दु,थ,झ,ञ,दे,दो,चा,ची

सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।