आज हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं, बैशाख ३१ । आज मंगलबार देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

 

त्यसैगरी महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।