बस दुर्घटना, चालक फरार

धनगढी, बैशाख ३१ । कैलालीको धनगढीमा मंगलबार साझपख बस दुर्घटना भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनहेरा भन्ने ठाउँमा ना ५ ख ९५ नम्बरको बस दुर्घटना भएको हो ।

 

दुर्घटनाग्रस्त बसमा चालकहरु नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार भएका छन ।