संसद्का कर्मचारी पनि प्रदेश र स्थानीय तहमा

काठमाडौं, जेठ १ । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी पनि प्रदेश र स्थानीय तहमा गएका छन् । समायोजन फारम भरेका कर्मचारीलाई सचिवायलले ती ठाउँमा सरुवा गरिदिएको हो ।

 

संसद् सचिवालयका ३५ जना कर्मचारी समायोजन भएर आफूले चाहेको कार्यालयमा पुगिसकेका छन् । जसमध्ये १० जना उपसचिव र २४ जना शाखा अधिकृत रहेका छन् ।

 

गण्डकी प्रदेशमा समायोजन हुनुभएका उपसचिव दीपकप्रकाश आचार्य भने कार्यालय गइसक्नुभएको छैन । संसद् सचिवालयका कर्मचारीलाई पनि निजामती कर्मचारीसरह मानेर समायोजन गर्ने व्यवस्था सुरु भएपछि कर्मचारी प्रदेश कार्यालयतर्फ गएका हुन् ।

 

अर्को चरणमा १४ जना कर्मचारीहरु समायोजन हुँदैछन् । जसमा शाखा अधिकृत र उपसचिव रहेका छन् ।उपसचिवहरु रुपेश शाह र रञ्जित यादव २ नम्बर प्रदेशमा, मदन पोखरेल, डिल्लीराम रिज्याल, नेत्रप्रसाद भट्टराई र भोला दाहाल ३ नम्बरमा, केशव अर्याल र हरिहर पोख्रेल ५ नम्बर प्रदेशमा, नेत्रबहादुर कार्की कर्णाली प्रदेशमा, सहजित राई ललितपुर महानगरपालिकामा, दिनेशप्रकाश आचार्य गण्डकी प्रदेशमा समायोजन हुनुभएको छ । १ नम्बर र सुदूरपश्चिम प्रदेशमा भने उपसचिव गएका छैनन् । संघीय संसद् सचिवालयमा ४ सय ३५ दरबन्दी रहेको छ । नेपाल समाचारपत्रमा छ।