अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचार मुद्दामा ७८ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा

काठमाडौं, जेठ १ । घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बयान लिइसकेपछि भएको थुनछेक बहसपछि पाठकसँग ७८ लाख धरौटी माग गरिएको थियो ।

 

अदालतको आदेश पछि पाठकका आफन्तहरुले नेपाल बंगलादेश बैंकबाट ७८ लाख रुपैयाँ बराबरको ग्यारेन्टी ल्याएर बुझाएपछि रिहा भएका हुन् ।

 

गत चैत १२ गतेदेखि फरार रहेका पाठक बुधबार बिहान विशेष अदालतमा उपस्थित भएदेखी विशेष अदालतले बुधबार दिनभर बयान लिएको थियो।

 

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजको सम्पत्ति बाँडफाँट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै पाठकले पटकपटक गरेर ७८ लाख घुस लिएको खुलासा भएको थियो। उक्त घुस काण्डमा मुछिएका पाठकले फागुन ३ गते नै पदबाट राजीनामा दिइसकेका छन् ।