सफलता पाउन मुकेश अम्बानीसँग सिक्नैपर्ने यस्ता छन् छ वटा टिप्स

काठमाडौँ,जेठ १।सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् । सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरुमध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५ सबैभन्दा धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्यहरुबारे केही चर्चा गरौं ।

राम्रो टीमको चुनाव

एउटा राम्रो टीमबिना केही पनि गर्न सकिन्न । राम्रो क्षमता भएका टीम बनाउने र सहकार्यका साथ मेहनतपूर्वक काममा जुट्नु सफलता प्राप्तिको लागि अति जरुरी हुन्छ । यो कुरा मुकेश अम्बानीले राम्ररी आत्मसात गरेका छन् ।

सधैं सकारात्मक रहनु

उठ्दा, बस्दा, हाँस्दा, खेल्दा, पढ्दा वा काम गर्दा सधैं सकारात्मक रहनु जरुरी हुन्छ । दृष्टिकोण राखेर काम गरियो भने सफलता प्राप्त गर्न कुनै आइतबार कुर्नु पर्दैन । जीवनमा जतिसुकै नकारातमक मानिसहरु आफू वरिपरि झुम्मिउन्, तपाईं सकारात्मक रहनु भयो भने तपाईंलाई कसैले पछि पार्न सकदैन । यो कुरा मुकेश अम्बानीले राम्ररी बुझेका छन् र जीवनमा लागू गर्ने कोशिश गरेका छन् ।

असफलताबाट पाठ सिक्नु

असफलताबाट नडराउनु, त्यसबाट सिक्नु र कहिले पनि हार नमान्नु ः यो नै सफलताको एउटा मुख्य कुँजी हो । मुकेशले यो कुँजीलाई राम्ररी पक्रेका छन् ।

के गर्ने भन्ने थाहा हुनु

एउटा सफल उद्यमीलाई के गर्ने भनेर थाहा हुनु जरुरी हुन्छ । सफल हुनको लागि सबैभन्दा ठूलो मूल मनत्र नै कुनै पनि काम शुरु गर्नुभन्दा पहिले तपाईंलाई आफूले के गर्दैछु र आफ्नो लक्ष्य के हो भनेर थाहा पाउनु जरुरी हूनछ । बिना लक्ष्य यताउता भड्कँदैमा केही हासिल हुने वाला छैन । मुकेशले यो कुरालाई आफ्नो जीवनमा राम्ररी लागू गरेका छन् ।

सपना र सोचाइ ठूलो राख्नु

ठूलो सपना देख्नका लागि मुकेशले आफ्ना पिता धीरुभाई अम्बानीबाट सिकेका थिए । मात्र ५०० रुपियाँको फोन शुरु गरेर अम्बानी परिवारले हर व्यक्तिको हातमा मोबाइल थमाइदिए । मुकेको यो सोचले उनलाई अरु भीडबाट अलग गरिदियो । जीवनमा कुनै पनि ठूलो गर्नको लागि हरेक व्यक्तिले सबैभनदा पहिले आफ्नो सोचको दायर ठूलो राख्नुपर्छ ।

नडराउनुहोस्, हिम्मतले काम लिनुहो? 

मुकेश अमबानीले सानै उमेरमा आफ्नो पिताको व्यवसायसँग जोडिएका थिए । तर व्यवसायको सानामसिना कुराहलाई मिहिनसँग सिक्न पाउनुभन्दा पहिल्यै उनको काका रसिकभार्य र पिता धीरुभाई अम्बानीको मृत्यु भयो । तर मुकेश अम्बानीले आफ्नो धैर्य नगुमाइकन पिताको व्यवसाय सम्हाले । उसले आफ्ना पिताको व्यवसायलाई सम्हाल्ने काम मात्रै गरेनन्, त्यसलाई सफलतापूर्वक अगाडि बढाए पनि । मुकेशले प्रतिकूल परिस्थितिमा पनि नडराइकन, हिम्मतका साथ काम गरेकै कारणले उनले आफ्नो व्यवसायको अकूत साम्राज्य खडा गर्न र फैलाउन सकेका हुन् ।यो समाचार एजेन्सीबाट।