आज मेघ गर्जन सहित वर्षाको सम्भावना सचेत रहन सबैलाइ आग्रह

काठमाडौं, जेठ २ । बिहीबार देशको पूर्वी र मध्य भु–भाग तथा पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार देशको पूर्वी र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

 

त्सैगरी रातिको देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।