कविता – म को हुँ ?

 

  

        मुखले आवाज बोल्छ होला?बोल्दैन ।

      मुख भित्रबाट बोल्ने चाहिँ ” म हुँ ” ।
 
     कानले आवाज सुन्छ होला ? सुन्दै
    कान भित्रबाट सुन्ने चाहिँ ” म हुँ ” ।
 
 
तेस्रो आँखा पनि कहि हुन्छ?? भन्दै 
नास्तिकहरु शिवजिलाइ गाली गर्छन ।
 
आँखाले सन्सार हेर्छ होला? हेर्दैन ।
आँखा भित्रबाट हेर्ने चाहिँ ” म हुँ “
 
पुजारि  नामका ब्यापारिहरु,
जिजसलाइ गाली गर्छन ।
 
   के अल्लाह, भगवान र god फरक होलान ? होइनन ।
   क्रसमा झुन्ड्याइएको त्यो कृश्नलाइ देख्ने चाहिँ ” म हुँ ” ।।
 
          कृष्ण स्त्रीलम्पट हो भन्दै ,
         गाइखानेहरु गाली गर्छन ।
 
         के, कृश्ननीति र कृश्चियानिटी फरक होला ? होइन ।
            बासुरी बजाउदै झुमेको त्यो जिजसलाइ देख्ने चाहिँ ” म हुँ “।।
 
              म डाक्टर  हुँ ,  अनि म चाहिँ  धामी हुँ ?
               म पन्डित  हुँ  अनि म चाहिँ कामी  हुँ  ? 
 
              यो शरीर, नाम , पद र परिचएनै म होला त? होइन।
            सन्सारलाइ त्यागेर, सन्सारलाइनै पाउने त्यो  बुद्ध चै ” म  हुँ  “।
 
 
         मार्क्सको बिज्ञान भन्छ बस्तुले चेतनाको निर्माण गर्छ ,
          बेदको बिज्ञान भन्छ चेतनाले बस्तुको निर्माण गर्छ ।
 
           बिगब्याङ्गमा चेतनाले  कुन, बस्तु हेर्यो होला? हेरेन ।
            त्यही उर्जा सर्बत्र छ , त्यो चेतना  चै ” म  हुँ ” । 
 
 
           मैले , मलाइनै भुलेको छु ।अचम्म!!!
          भुल्नु दिमागको स्वभाव पनि हो ।।
 
 
         याद आएकोदिन रित्तिनेछु , साथमा भरिने पनि छु ।
       शुन्य भित्रै पुर्णताछ , त्यो बिज्ञान  चै ” म  हुँ” ।
 
 
             आँखाले सन्सार हेर्छ होला?
               => हेर्दैन ।
  आँखा भित्रबाट  हेर्ने चाहिँ ” म हुँ “।