क्रान्तिकारी पत्रकार महासंघ नवलपुरमा पंगेनी

नवलपुर,जेठ ११ । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले लोकनाथ पंगेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गरेको छ ।

 

समितिको उपाध्यक्ष कल्पना विन्दु गौतम, सचिवमा शोभा जिसी, सहसचिव भिम राना, कोषाध्यक्ष लोकबहादुर कुमाल चयन भएका छन् ।

 

त्यसैगरी सदस्यहरुमा यमबहादुर सोमै, सूर्य भट्टराई, रेसम सापकोटा, अमित विक, संगिता तिमिल्सिना, मनिषा ढकाल, सृष्टी वाग्ले, लक्ष्मी काफ्ले, विपना सोती मगर र अमृत पोख्रेल चयन भएका छन् ।

 

भेलाको उद्घाटन गर्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष नारायण पंगेनीले राज्यले प्रेस माथि अंकुश लगाउनका लागि विभिन्न ऐन ल्याएको भन्दै त्यसको विरोध गरेका थिए ।

 

कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य पिताम्बर तिवारी, क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा लगायतले बोलेका थिए ।

 

कार्यक्रम लोकनाथ पंगेनीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भीम रानाले स्वागत मन्तव्य राखेका थिए भने शोभा जिसीले कार्यक्रमको सञ्चालन गरेका थिए ।