देशभक्त जनणतान्त्रिक मोर्चा नेपालको कोण सभा

नवलपुर,जेठ ११ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले शनिबार कावासोतीको हाट बजारमा कोण सभा गरेको छ ।

 

देशमा व्याप्त हत्याहिंसा, कालोबजारी, बलात्कार, लुट, महंगी, सीमा अतिक्रमण लगायतको विरोधमा कोणसभा गरेको थियो ।

 

कोणसभामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य पिताम्बर तिवारी, प्रदेश सदस्य उत्तम थापा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष नारायण पंगेनी लगायतले बोलेका थिए ।