आज मिति २०७६ साल जेठ १२ गते आइतबार पशुपतिनाथको दर्शन गर्नुहोस् तपाईको मनोकामना पुरा हुने छ अनि राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानि सँग सम्बन्धित व्यावसायमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुँनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले भने सताउने देखिन्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । राजनिति तथा सरकारि काममा सफल भई नाम कमाउँन सकिनेछ । धर्ममा मन जाने हुँनाले धार्मिक स्थल तथा पन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुशन्धानमा गरिएको लगानि बाट भनेजस्तो नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रीय पात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभहुँने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।