आज मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १२ । आइतबार देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने देखिन्छ भने बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 

त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।