काठमाडौंमा बम आतंक: नागढुंगामा विस्फोट, लगनखेलमा पनि भेटियो प्रेसर कुकर बम

काठमाडौँ,जेठ १२।काठमाडौंमा बम आतंक मच्चिएको छ। आइतबार अपराह्न ३ जनाको ज्यान जाने गरी घट्टेकुलाे  र सुकेधारामा बम विस्फोट भएको थियाे भने अन्य क्षेत्रमा पनि घटना दोहोरिएका छन्।

प्रहरी अधिकारीहरुका अनुसार आइतबार बेलुका काठमाडौंको नागढुंगामास्थित इटाभट्टानजिकै बम विस्फोट भएको छ। प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले घटनाको पुष्टि गरे।

 

त्यस्तै, ललितपुरको लगनखेल बसपार्कमा पनि प्रेसर कुकर बम फेला परेको छ। ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ ।