‘समाज कल्याणमा ‘पानी बढुवा’

काठमाडौं, जेठ १३ । कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने चलन थियो– यसलाई भनिन्थ्यो पानी बढुवा ।

 

यस प्रचलनलाई निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) को नामले चिनिन्थ्यो । समाज कल्याण परिषद्ले पनि त्यही ‘पानी बढुवा’ लाई पछ्याउँदै विभिन्न पदका आफ्ना कर्मचारीलाई बढुवा गरायो ।

 

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सो सरह रहने निर्देशकसम्मका ४४ जनालाई एकैपटक बढुुवा गरेको थियो । तीमध्ये सबैभन्दा बढी भाग्यमानी हुनुहुन्छ ओभरसियर बोधराज दाहाल । उहाँको योग्यता ओभरसियर मात्रै हो तर परिषद्को तत्कालीन बोर्डले शैक्षिक प्रमाणपत्र नै नभए पनि इन्जिनियरमा बढुवा गरेको थियो ।

 

‘पानी बढुवा नै भए पनि दाहालजी वरिष्ठ ओभरसियर मात्र हुनुपथ्र्यो तर बोर्डले इन्जिनियर नै बनायो’, परिषद् स्रोतले भन्यो– ‘त्यसपछि उहाँले आफ्नो कार्यकक्षमा इन्जिनियर लेखेको नेमप्लेट झुन्ड्याउनु भो । त्यही हैसियतमा चिठी–पत्र पठाउन थाल्नुभयो ।’ नेपाल समाचारपत्रमा छ।